बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Jan 01, 2019
प्रस्तावित न्यायाधीश चोलेन्द्र शम्शेर जबरा संसदीय सुनुवाइबाट सर्वसम्मत् स्वीकृत
मंगलवार, पौष १७, २०७५
काठमाडौं : प्रस्तावित न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत स्वीकृत गरेको छ । सांसदको प्रश्न र जबराको जवाफपछि सुनुवाइ सकिएको थियो । समितिले नयाँ प्रधान न्यायाधीशका लागि जबराको नाम सर्वसम्मत गरेको हो ।

समिति सदस्य योगेश भट्टराईले न्यायाधीश जबरालाई सोधेका थिए- संसदीय समितिबाट अस्वीकृत भएको न्यायाधीशलाई तपाईँ के गर्नुहुन्छ ? भट्टराईको प्रश्न यसअघि संवैधानिक परिषदबाट सिफारिस तथा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका दीपकराज जोशीको सन्दर्भमा थियो ।

जवाफमा जबराले संसदीय सुनुवाई समितिको निर्णयलाई सम्मान गर्ने बताए । 'समितिको निर्णय स्वीकार गर्ने र प्रधान न्यायाधीशले गर्नुपर्ने सम्मानमा अलिकति पनि आँच आउन दिन्न भन्ने प्रतिवद्धता व्यक्त गर्दछु,' जवाफमा भने । उनीमाथि ब्ल्याकमेलिङका विषयमा उठेको प्रश्नमा पनि जवाफ दिए । निरंजनप्रसाद शर्माले दायर गरेको रिटमा कानुन व्यवसायीका हैसियतले मात्र आफूले बहस गरेको बताउँदै भने, 'यो केसमा बारम्बार मलाई मुछिँदै आएको छ । मिडियामा आएजस्तो म रिट निवेदक होइन, कानुन व्यवसायिका रुपमा मात्र मैले बहस गरेको हुँ ।'

पूर्व संचार मन्त्री जयप्रकाश गुप्ताको मुद्दाको विषयमा पनि उनले अदालतको व्याख्याका कारण फरक फैसला बुझिएको तर्क गरे । 'जेपी गुप्ताको केसमा म विशेष अदालतमा तेस्रो न्यायाधीश थिएँ । उनको पारिवारिक र जग्गा मिलाउँदा आम्दानीको स्रोत देखिएको थियो,' जबराले जवाफ दिँदै भने, 'पछि सर्वोच्चमा फैसला हुँदा उनको व्यक्तिगत आम्दानीमात्र हेरिएकाले फैसला बाझिएको देखिन्छ ।'
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang