बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Jan 01, 2019
गुरु मञ्जरी ग्रुपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’ सार्वजनिक
मंगलवार, पौष १७, २०७५
काठमाडौं: गुरु मञ्जरी ग्रुपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’ सार्वजानिक भएको छ । राजधानीमा आयोजित कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाकी सांसद कोमल वलीले गरेकी हुन् ।

कार्यक्रमका सभापति तथा 'माइस्वयम्बर डटकम'का संयोजक मुकुन्द शर्माले नेपाली संस्कृति र पहिचान विश्वकै उत्कृष्ट तथा वैज्ञानिक भएको उल्लेख गरे । आफूहरुले आज उद्घाटन गरिएको ‘अनलाइन–पोर्टल’ नेपाली हिन्दुहरुको विवाहलाई टार्गेट गरेको पनि उनले बताए ।

उनले भने-, ‘वैद्धिक परम्परा जगेर्ना गर्नुका साथै जीवनयापनका क्रममा आईपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउने, सुखमय दाम्पत्य जीवनलाई सहज बनाउने, ज्योतिषी परामर्श दिने, वास्तु परामर्श तथा विभिन्न धार्मिक कर्मकाण्ड गर्न सहयोग पुर्याउने यसको मुख्य उद्देश्य रहेको उल्लेख गरे ।’

उनले भने, मेरो स्वयम्बर मार्फत विवाह गर्न चाहने विश्वभरी छरिएका नेपालीहरुको वैद्धिक सनातनी परम्पराको निरन्तरता कायम राख्दै आफ्नो आर्थिक अनुकुलतामा धार्मिक, सामाजिक, साँस्कृतिक रितिरिवाज र परम्पराका साथै आफ्नो चाहना अनुसारको योग्य वर वा बधुलाई मिलनका लागि उपयुक्त प्लेटफर्म तयार गरी मिलन गराउनुनै संस्थाको उद्देश्य रहेको बताए ।

उनले विश्वभरि छरिएर रहेका नेपाली गुरु, पुरोहित र हिन्दू धर्मका अभियन्ताहरुको संयुक्त पहलमा यो सुरु गरिएको पनि स्पष्ट पारे ।

कार्यक्रममा सांसद कोमल वलीले आफ्नो यही सन २०१९ भित्रै स्वयम्बर हुने खुलासा गरेकी छिन् । उनले भनिन्, ‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ, यही वर्षभित्र मेरो स्वयम्बर भेटिन्छ कि क्या हो ? २०१९ को पहिलो दिनमा माइस्वयम्बर डटकमको उद्घाटन गरेकी छु, यो साल वर भेटिने छ । मेरो पनि यही साल स्वयम्बर हुन्छ ।’ सांसद वलीले हिन्दु धर्म वैज्ञानिक रहेको बताएकी छिन् ।



विश्वका विभिन्न देशहरुमा रहेका पुरोहित एवं धर्मका अभियान्तकहरुको संयुक्त प्रयासमा स्थापना गरिएको गुरुमञ्जरी संस्थाका संस्थापक संयोजक पण्डित प्रकाश ढोडारी हाल अष्ट्रेलियामा छन् भने नेपालबाट मुकुन्द शर्माले यस संस्थाको संयोजक गरिरहेका छन् । यसैगरी विभिन्न अन्य देशमा जस्तै बेलायतबाट पं दुर्गा प्रसाद पोखरेल र पं जगदिश पौडेल, न्यूजिल्याण्डबाट पं उद्धव शास्त्री, पं रमनराज शास्त्री, पं राजेन्द्र खनाल, पं भवानी शंकर शास्त्री, पं बासुदेव घिमिरे छन भने युरोपबाट रामहरी शास्त्री त्यसैगरी दार्जिलिङबाट ईन्द्र शास्त्री छन् । त्यसैगरी हङकङबाट रुद्र प्रसाद भट्टराईले प्रतिनिधित्व गरी यस संस्थामा सक्रिय भई आवद्ध भएका छन् । बाँकी अन्य देश र शहरमा पनि यो अभियान विस्तार गरिने अष्ट्रेलियाबाट यस संस्थाका संस्थापक पं प्रकाश ढोडारीले अखबार नेपाललाई जानकारी दिए ।












प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang