बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Jan 11, 2019
नवलपरासी प्रहरीको उद्घोष: गैरकानुनी र आपराधिक क्रियाकलापलाई निर्मुल पार्छौ
शुक्रबार, पौष २७, २०७५
नवलपरासी: भौतिक संरचनाको अभावमा नेपालका अधिकांश स्थानमा रहेका प्रहरी कार्यालयहरु निकै पुराना भवन र घामपानी पनि नछेक्ने पाल मुनि बसेर नागरीकलाई सेवा प्रवाह गर्दै आएका छन् । आवश्वकता भन्दा न्युन जनशक्ति छँदा पनि जिल्ला प्रहरी कार्यलय नवलपरासी-९ बर्दाघाट सुस्ता पुर्वमा रहेको कार्यालय र यस अन्तर्गत रहेका युनिटहरुले वर्तमान अवस्थामा तारिफ योग्य तवरले आफ्नो काम कर्तव्य सञ्चालन गरिरहेको भएतापनि कतिपय अवस्थामा नेपाल प्रहरीलाई चाहिने स्रोत साधन र संरचनाको कमीले गर्दा कहिलेकाही अपराध नियन्त्रण र नागरीकलाई सरल, सहज सेवा प्रवाह गर्न समस्या हुने गरेको छ ।

प्रहरीले प्रयोग गर्ने सवारी साधन पुरानो हुँदै जानु, प्राविधिक उपकरणले समय समयमा काम नगर्नु लगायतका समस्या रहेको नवलपरासीको कावासोतिमा रहेको जि.प्र.का.-९ बर्दघाट सुस्ता पुर्वका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जिल्लाको सुरक्षा सवाल र नागरीकलाई सुरक्षित सेवा प्रवाह गर्न हामी कुनै पनि कसर बाकी नराख्ने बताए । राष्ट्रले दिएको कर्तव्य जिम्वेवारीका साथ पुरा गर्ने प्रतिबद्धता उनले बताए ।

मदिरा, जुवा, तास चोरी लुटपाट जस्ता आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नु आफ्नो प्रमुख दायित्य भएको बताउने प्रहरी नायव उपरिक्षक लामिछानेले आफ्नो क्षेत्रभित्र पर्ने गाउँदेखि बजारसम्म सरकारी दरवन्दी नतोकिएपनि जि.प्र.का.भित्रकै दरवन्दी भएका प्रहरी कर्मचारीलाई बिभिन्न स्थानमा प्रहरी बिट खडा गरी जिल्ला सुरक्षा समितिको समन्वयमा नागरीकको सेवामा खटइएको बताए । यसरी प्रहरी बिट खडा गरी प्रहरी खटाएका स्थानहरु बेल्डिया, दलदले, डण्डा, संख देव, मौलाकलिका लगायतका स्थानमा रहेका छन् ।

उक्त क्षेत्रमा प्रमुख सुरक्षा चुनौतिको रुपमा सडक दुर्घटना रहेको नवलवरासी क्षेत्रको ७० किलोमिटर सडक क्षेत्रको सुरक्षा अवस्था हेर्दे नियाल्दै आएको कावासोति जि.प्र.का.ले सडक दुर्घटना नियन्त्रणको प्रयास गर्दागर्दे पनि दाउन्ने लगायतका स्थानमा दुर्घटनामा कमी ल्याउन सकिरहेको छैन । प्रहरी नायव उपरिक्षक लामिछानेले लागु पदार्थ, साना हतियार लगायत गैरकानुनी बस्तुहरुको ओसारपसार, चेलिबेटी बेचबिखनलाई पुर्णरुपमा निस्तेज बनाउन भारतीय नाका त्रिबेणी पुलमा चौबिसै घण्टा सुरक्षकर्मी खटाइएको बताए ।

यता भौगोलिक हिसावले देशकै ठुलो नगरपालिका मध्ये एक नवलपारासी जिल्लामै पर्ने गैडाकोट गैंडाकोट नगरपालिकामा पनि सुरक्षा चुनौति रहेको छ । इलाका प्रहरी कार्यलय गैडाकोट पनि सुरक्षमा खटिने प्रहरीलाई आवश्वक स्रोत साधन र भौतिक संरचनाको अभावमा सुरक्षाको दृष्टिले केहि हदसम्म प्रभाववित रहेको छ ।

२०४२ सालमा स्थपना भएको इलाका प्रहरी कार्यलय गैडकोटमा हाल प्रहरी निरिक्षक लोक बहादुर जिसीको नेतृत्वमा ४२ जना प्रहरी खटाइएको छ । इलाका प्रहरी कार्यलय भवन रहेको जग्गा प्रहरीको आफ्नै नभई नगरपालिको रहेको जानकारी प्राप्त भएको छ । कार्यालयभित्रको समस्या भनेको महिला प्रहरीको बासस्थान र महिला कैदीलाई राख्ने छुट्टै स्थानको अभाव गैडाकोट इलाका प्रहरी कार्यलयमा खट्किएको छ । सरकार र स्थनीय निकायले उक्त प्रहरी कार्यलयलाइ आफ्नै जग्गा र प्रहरी चौकी खडा गरिदिएमा त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई सुरक्षा सेवा प्रवाहमा अझ सहज हुने सहजै अनुमान लगाउन सकिन्छ ।

इलाका प्रहरी गैंडाकोटले अहिले आफ्नो क्षेत्रलाई केहि बिस्तार गर्दे करिव २५ किलोमिटरको दुरी झरे खोलासम्म आफ्नो सेवा प्रवाह गरिरहेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरिक्षक लोक जिसीले जानकारी दिए । यस ईलाकाभित्र रहेको हत्या, चोरी लुटपाट र मापसेलाई आफुले टार्गेट बनाएको बताउँदै प्रहरी निरिक्षक जिसीले आपराधिक कार्यमा संलग्न जो सुकैलाइ पनि आफुले कानुनी कठघरामा उभ्याउने प्रतिवद्धता जनाए । यस क्षेत्रमा पनि समस्याको रुपमा रहेको सवारी दुर्घटना न्युनिकरण गर्न जि.प्र.का. नवलपरसी र ट्राफिक प्रहरीसँग समन्यम गरेर अघि बढेको स्पस्ट पारे । देश संघियतामा गएपछि संघिय शासन प्रणालीलाई मजबुद बनाउन प्रहरीदेखि हरेक क्षेत्रको संरचनामा सुधार गर्नुपर्ने आजको आवश्यकता रहेको छ ।

दुई तिहाइको बलियो सरकार बनेपछि नेपाल प्रहरीको संरचनामा ठुलै परिवर्तन आउँछ भन्ने धेरेको आँकलन थियो । आफ्नो जिवन दाउमा राखेर राष्ट्र र नागरीकको सुरक्षाका लागि अहोरात्र खटिने नेपाल प्रहरीका समस्या अहिलेको अवस्थामा पनि खासै संबोधन हुन सकेको छैन । नेपाल प्रहरीमा प्रहरीलाई चाहिने आधुनिक श्रोत साधनको कमी त छ नै भौतिक संरचनाको अभावमा नेपाल प्रहरीले आम नागरीकलाइ दिने मुस्कान सहितको प्रहरी सेवा पनि प्रभावित भएको अनुमान गर्न सकिन्छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang