बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Jan 15, 2019
आज माघे संक्रान्ति पर्व मनाइँदै, ५ प्रदेशमा सार्वजनिक बिदा
मंगलवार, माघ १, २०७५
काठमाडौं: आज माघे संक्रान्ति देशभर हर्षोउल्लासका साथ मनाइँदै छ । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ ।

यस दिन विभिन्न नदी, तलाउ तथा खोलाहरुमा गई स्थान गर्ने तथा मठमन्दिरमा पूजाअर्चना समेत गर्ने चलन छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ ।

स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने उल्लेख छ ।

५ प्रदेशमा सार्वजनिक बिदा
माघे सक्रान्ति र माघीको अवसरमा केन्द्र सरकारले यस वर्ष बिदा कटौती गरेपनि विभिन्न प्रदेश सरकारले भने सार्वजनिक बिदाको घोषणा गरेका छन् । प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।

सार्वजनिक बिदाका दिन प्रदेश तथा स्थानीय तह मातहतका सबै सरकारी कार्यालय, विद्यालयलगायत बन्द हुनेछन् । अर्को वर्षका लागि भने केन्द्र सरकारले माघ १ गतेका लागि सार्वजनिक बिदा दिने प्रस्ताव अघि सारेको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang