बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
खेलकूद
Jan 29, 2019
दोश्रो प्रधान सेनापति छात्रा तेक्वान्दो प्रतियोगिता २०७५ सम्पन्न
मंगलवार, माघ १५, २०७५

काठमाडौं: 'दोस्रो प्रधान सेनापति छात्रा तेक्वान्दो प्रतियोगिता–२०७५' सम्पन्न भएको छ । सैनिक श्रीमती संघकी अध्यक्ष दिपा थापाको प्रमुख आतिथ्यमा समुद्घाटन भई नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा समापन समारोह सम्पन्न भएको हो ।

प्रतियोगितामा उपत्यकाभित्र र बाहिरका गरी २८ वटा विद्यालय तथा डोजाङहरूबाट २०१ जना छात्रा तेक्वान्दो खेलाडीहरू सहभागी भएका थिए । प्रतियोगितामा जुनियर र सिनियर गरी जम्मा १३ वटा तौल समुहमा फाईटिङका साथै पुम्से तर्फ एकल र ग्रुप गरी जम्मा २ समूहमा पुम्सेको प्रतिस्पर्धा गराईएको थियो ।

प्रतियोगितामा सहभागी २८ वटा टिमहरू मध्ये ६ स्वर्ण ४ रजत र १ काश्य पदक प्राप्त गरी आयोजक टिम श्री विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय टिम प्रथम, ३ स्वर्ण र ३ काश्य पदक प्राप्त गरी कोटेश्वर तेक्वान्दो डोजाङ टिम सेकेन्ड र ३ स्वर्ण र २ काश्य पदक प्राप्त गरी युनाईटेड तेक्वान्दो डोजाङ टिम थर्ड हुन सफल भयो ।

उत्कृष्ट खेलाडी तर्फ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा सरिता रुवाली सिनियर तर्फको उत्कृष्ट खेलाडी र ईसीडिसी तेक्वान्दो डोजाङकी पुष्पा बादी जुनियर तर्फको उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा फाइटतर्फ ६२ केजी समूहमा युनाइटेड तेक्वान्दो डोजाङकी कविता तामाङ, ५७ केजी समूहमा कोटेश्वर तेक्वान्दो डोजाङकी सुस्मिता मोक्तान ले स्वर्ण पदक जितिन् । ५३ केजी समूहमा ढल्को तेक्वान्दो डोजाङकी अञ्जली राई ले स्वर्ण हात पारिन् भने ४९ केजी समूहमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय ‘ए’ कि योगमाया श्रेष्ठले स्वर्ण पदक जितिन् ।

त्यसैगरी ४६ केजी समूहमा विजेश्वरी कै सरिता रूवालीले आफ्नो नाममा पारिन् भने ४४, ४२, ३७ र ३४ केजी तौल समूहमा क्रमश: अमिशा कार्की,सदिक्षा कार्की, सुप्रिमा बज्गाईँ र स्वस्तिका महर्जनले स्वर्ण पदक हात पारे । प्रतियोगिताको ३१, २९ र २४ केजी तौल समूहमा क्रमश: विनिशा राई, करुणा श्रेष्ठ र पुष्पा बादीले क्रमश: स्वर्ण पदक आ- आफ्नो नाममा लेखाए ।

त्यसैगरी २० केजी तौल समूहमा कोटेश्वर तेक्वान्दो डोजाङकी रन्जिता थापाले स्वर्ण पदक जितिन् । त्यसैगरी सिंगल पुम्सेतर्फ कोटेश्वर तेक्वान्दो डोजाङकै सन्ध्या लामाले स्वर्ण जितिन् भने ग्रुप पुम्सेमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय ‘ए’ बाट सरिता गुरूङ, हेमकला मगर र रिता श्रेष्ठले स्वर्ण पदक हात पारिन् ।

तीन दिनसम्म संचालन भएको प्रतियोगितामा विजेताहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले पदक वितरण गरे । त्यसैगरी नेपाल तेक्वान्दो संघबाट १६ जना आर्विट्रेशन, जुरी तथा रेफ्रीहरु सहभागी थिए । उक्त कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा, सैनिक श्रीमती संघका अध्यक्ष, कार्यकारिणी मण्डल, नेपाली सेनाका रथीबृन्द, काठमाडौँ महानगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि, वडा नं. १५ का वडाध्यक्ष, सदस्य र सचिव तथा अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang