बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
मनोरञ्जन
Jan 29, 2019
गैंडकोट नगरपालिकाले ल्यायो आफ्नै नगरगान
मंगलवार, माघ १५, २०७५

नवलपरासी: नगरको भाषा संस्कृति र कलाको संरक्षण, संम्बर्द्धन गर्ने उदेश्यका साथ नेपालमै पहिलो पटक नवलपरासीको गैंडाकोट नगरपालिकाले "हाम्रो गैंडाकोट राम्रो गैंडाकोट" बोलको नगरगान आधिकारीक रुपमा सार्वजनिक गरेको छ ।

नेपालकै धेरै क्षेत्रफल ओगटेको मध्य एक नगरपालिका गैंडाकोट नगरपालिकाले ल्याएको नगरगानमा गैंडाकोटमा क्षेत्रमा छरीएर रहेका आमनागरीको सम्बन्धलाई अझ मजबुद बनाउने, सो क्षेत्रमा रेहका पर्यटकीय क्षेत्रको संरक्षण र बिकास प्रबर्द्धन गर्ने उदेश्यले यो नगरगान ल्याइएको गैंडाकोट नगरपालिकाले जानकारी दिएको छ ।

नगरपलिकाको १४औं नगरकार्यपालिका बैठकले पारित गरेको नगरगानमा गायक रामकृष्ण ढकाल, सनुप पौडेल, शसी रावल, राजेन्द्र बजगांइ, हरी प्रसाद कंडेल, ससन कडेंल लगायतका कलाकारले स्वर दिएका छन् भने यस गीतका रचनाकार लक्ष्मीप्रसाद सोती रहेका छन् भने संगीतकार विशाल ढकाल रहेका छन् ।

त्यसैगरी नवलपरासीकै बुलिङटार गाउँपालिकाको गाना समेत आधिकारीक रुपमा सार्वजनिक हुने तयारी रहेको संगीतकार ढकालले बताएका छन् । "हाम्रो गैंडाकोट राम्रो गैंडकोट बोल"को नगरगान उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश पोखरा र संस्कृति, पर्यटन तथा नागरीक उड्यन मन्त्रालय सिंहदरबारमा समेत प्रक्रियागत रुपमा दर्ता गरिएको नगरपालिकाले अखबार नेपाललाई बताए ।।

म्यूजिक भिडियो सहित
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang