बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Feb 05, 2019
समाजिक अभियन्ताका रुपमा कार्यरत एक उदाहरणीय पात्र बनिन् संगमता चापागांई
मंगलवार, माघ २२, २०७५
काठमाडौं: आधुनिक युगमा समाज शिक्षित भैरहेको समयमा पनि कतिपय महिलाले अझैपनि पुरुष सरह सेवा सुविधाबाट बञ्चित छन् । बिभिन्न सामाजिक क्रियाकलापमा महिलाहरुले सहभागिता र सहकार्य गर्दै आएपनि उनीहरुको दैनिकीमा सुधार आउन सकेको छैन । नेपाल जस्तै अधिंकांश मुलुकमा महिलालाई दोस्रो स्थनमा राखिएको पाइन्छ ।

पछिल्लो समय धेरै महिलाहरु समाजिक अभियन्ताका रुपमा कार्यरत रहेका एक उदाहरणीय पात्र बनेकी छन् सुर्खेतकी संगमता चापागांई । पश्चिम नेपालको बिरेन्द्र नगर नगरपालिका-४ की चापागाई लामो सयमदेखि बिभिन्न सामाजिक कार्यहरुमा सहभागिता जनाउदै आएकी छन् । समाज सेवा गर्न पवित्र मन हुनुपर्छ । भित्रि हृदयदेखि नै भावना उत्पन्न भए मात्र समाजसेवा गर्न सकिन्छ भन्ने भावना बोकेकी उनी सामाजिक क्षेत्रमा सक्रिय रुपमा लागिरहेकी छन् ।

समाजिक काममा लाग्द अझैपनि थुप्रै उत्तरदायित्व र समाजिक संस्कारकै कारण पुरुष सरह सहभागिता जनाउन नसकेकोमा उनको गुनासो छ । उमेरले भर्खर २३ टेकेकी संगमता परिवारका माहिली छोरी हुन् र सम्पन्न परिवारमा हुर्के बढेकी उनलाई एकाएका समाजसेवामा लागेर विपन्न परिवार, पिछडिएका महिला, बृद्धबृद्धा लगायतलाई सहयोग गर्ने भावना जागेर उनी केही वर्षदेखि समाजिक कार्यमा सहभागिता जनाइरहेकी छिन् ।

बिभिन्न संघसस्था मार्फत अथवा स्वयं आफ्नै आर्थिक सहयोगमा पनि उनले दिनदुखीहरुको सहयोग गरिरहेकी छिन् । संगमता भन्छिन्- 'म एक सक्षम महिला बन्न चाहन्छु र इमान्दारी पुर्वक समाजिक सेवामा लागेर आफुले सक्ने योगदान दिएर देश बिकासमा टेवा पुर्याउने छु ।' महिलाको सहभागिता पनि पुरुष सरह नै होस भन्ने चाहान छ उनको ।

सामाजिक कार्यमा महिलालाई निरुत्साहित नगरिदिन उनले आग्रह समेत गरीकी छन् । लैङ्गीक असमानताको खाडल पुर्न जरुरी भएको बताउदै उनी थप्छिन् समाज रुपान्तरणमा महिलाको ठुलो हात रहन्छ त्यसैले आफु यस कार्यमा आफुले सकुन्जेलसम्म लागिरहने उनको भनाई छ ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang