आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
आर्थिक
Jul 14, 2011
जाउँ है पोखराको अभियान सुरु
बिहीवार, आषाढ ३०, २०६८
पोखरा, असार २९
                   पश्चिमाञ्चल होटल संघ पोखराले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि जाउँ है पोखरा अभियान २०६८को प्याकेज कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी संघले बालक, यूवादेखि बृद्ध सबै वर्गका आन्तरिक पर्यटकका लागि आकर्षक प्याकेज घोषणा गरेको हो । घोषित कार्यक्रमअनुसार फेवा प्याकेजअन्तरर्गत एयरपोर्ट÷बसपार्कबाट आवतजावतका लागि यातायातको व्यवस्था, होटल प्रवेशसगैं स्वागतस्वरुप वेलकम ड्रिङ्कस, प्रतिकोठा दुईजना रहने गरी एक जनालाई दुई रातको आवाससहित ब्रेकफास्टको व्यवस्था र आधा दिनको दृश्यावलोकनसहित एक घण्टा फेवातालको नौका विहार रहेका छन् । फेवा प्याकेजका लागि प्रतिव्यक्ति एकहजार सातसय देखि १४ हजार दुई सय २२ रुपैयाँ लाग्नेछ । त्यसैगरी माछापुच्छ«े मधुमास प्याकेजमा पनि माथि उल्लेखित सुविधासहित प्रतिव्यक्ति दुईहजार पाँचसय ५५दखि १६हजार छ सय ६६ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै विद्यार्थीैका लागि प्रतिकोठा तीन जना रहने गरी एक जनालाई तीन रातको आवाससहित ब्रेकफाष्टको व्यवस्था, एक दिनको दृश्यावलोकन भ्रमणसहित एक घण्टा फेवातालमा नौका विहार र विश्व शान्ति स्तुप र सराङ्कोट पैदलयात्रासमेतको प्याकेज रहेको छ । विद्यार्थीका लागि न्यूनतम ९९९ देखि १५ हजार पाँच सय ५५ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै मनसुन प्याकेजका लागि एक हजार एक सय ११ देखि अधिकतम १३ हजार दुई सय २२ रुपैयाँ रहेको छ तर १२ वर्षभन्दा मुनिका बालबालिकाले भने माथि उल्लेखित प्याकेज शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । पश्चिमाञ्चल होटल संघ पोखराले निकट भविष्यमै भारतीय पर्यटक भिœयाउनका लागि चलो पोखरा नामक अर्को प्याकेज कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि दिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang